काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाउदै आएको कन्ट्रोल फन्डिङ फुकुवा छ ।
क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै कन्ट्रोल फन्डिङ पूर्ण रुपमा फुकुवा भएको जनाएको छ ।
आईसीसीले निलम्बनसँगै क्यानलाई कन्ट्रोल फन्डिङमा राखेको थियो ।
२०७६ साल असोज ११ र १२ गतेको विशेष साधारणसभाबाट नयाँ निर्वाचित कार्यसमिति आएपछि आईसीसीले क्यानको निलम्बन फुकुवा भएको थियो ।
तर, कन्ट्रोल फन्डिङ फुकुवा भएको थिएन ।
नयाँ कमिटीले आईसीसीको सम्पूर्ण मापदण्ड पूरा गर्दै आर्थिक पारदर्शिता र कार्यसम्पादन गरेको मुल्यांकनको आधारमा आईसीसीले कन्ट्रोल फन्डिङ पूर्ण रुपमा हटाएको क्यानले जनाएको छ ।
कन्ट्रोल फन्डिङ फुकुवासँगै नेपालले आईसीसीबाट अन्य एकदिवसीय मान्यता प्राप्त राष्ट्र सरहको आर्थिक अनुदान र गतिविधि गर्न पाउने छन् ।
कन्ट्रोल फन्डिङ फुकुवासँगै क्यानमाथिको आईसीसीको सबै प्रतिबन्ध हटेको छ ।
