शुक्रबार, कार्तिक २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

खाली हात फर्कने छैनौँ - कप्तान रुबिना

आइतबार, जेठ २९, २०७९खेलपाटी संवाददाता
खाली हात फर्कने छैनौँ - कप्तान रुबिना
Classic Tech Internet Ad

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीले मलेसियामा आयोजना हुने एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको उपाधि जित्नेमा आफुलाई विश्वास रहेको बताएकी छिन्  ।

त्रिवि क्रिकेट मैदानमा शनिबार संचारकर्मीसँग कुरा गर्दै कप्तान रुबिनाले च्याम्पियनसिपको उपाधि जित्नु चुनौती रहेको तर टोलीलाई खाली हात फिर्ता नल्याउने बताएकी छिन् ।

'मेरो लागि पनि चुनौती छ । आफ्नो प्रदर्शन पनि माथि गर्नु पर्नेछ र यो टिमलाई खाली हात फिर्ता नगर्नु भन्ने छ,' कप्तान रुबिनाले भनिन् ।

कप्तान रुबिनाले यस पटक टिमका सबै खेलाडीलाई केहि गर्नु पर्छ भन्ने भावना रहेको समेत बताईन् ।

'लामो समय भयो महिला क्रिकेटमा ट्रफी ल्याउन सकेको छैन । त्यसको दुख हामीलाई लागेको छ,' कप्तान रुबिनाले भनिन्, 'यस पटक एकजना मात्र हैन सबैजना नेतृत्व गरेर खेल्छु भन्ने भावना देखिएको छ । त्यो पहिले कमी थियो ।'

च्याम्पियनसिप यहिँ जुन १७ बाट सुरु हुनेछ । च्याम्पियनसिपमा नेपाल समूह 'बी' मा रहेको छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् ।

च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।

कप्तान रुबिनाले यस पटक टोलीलाई उपाधि जित्ने र एसिया कप पुग्ने मौका रहेको समेत बताईन् ।

'हामीले खेलेको हरेक प्रतियोगिता महत्वपूर्ण हुन्छ । हरेक प्रतियोगिताबाट हामीले सिकिरहेका हुन्छौं, कसरि आफुलाई विकास गर्ने कसरी टिमलाई ब्यालेन्स भनेर,' रुबिनाले थपिन, 'अहिलेको प्रतियोगितामा हामीलाई मौका छ । अहिले हामीसँग भएको स्रोतलाई प्रयोग गरेर तयारी गरिरहेका छौँ ।'

यस्तै रुबिनाले युगान्डाविरुद्धको घरेलु सिरिज टिमका लागि महत्वपूर्ण साविक भएको बताईन् ।

'युगान्डाविरुद्धको सिरिज हाम्रो लागि महत्वपूर्ण भयो । हामी कुन स्तरमा छौँ, हामीले कुन चिजमा काम गर्नुपर्ने रैछ । हामीले युगान्डाविरुद्धको सिरिजपछि १० दिन फिल्डिङ र फिटनेसमा काम गर्यौं,' रुबिनाले भनिन् ।

कप्तान रुबिनाले मलेसियाको विकेट एकदमै फरक रहेको र त्यहाँको दुइ विकेटमा सेट हुनका लागि अध्ययन गरिरहेको बताईन् ।

च्याम्पियनसिपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले प्रारम्भिक महिला क्रिकेट टिमको घोषणा गरिसकेको छ ।

क्यानले प्रारम्भिक चरणमा १९ सदस्सीय टिमको घोषणा गरेको हो ।

च्याम्पियनसिपमा नेपालले भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । खेल जुन १७ मा हुनेछ।

यस्तै नेपालले दोस्रो खेलमा जुन १८ मा कुवेतसँग खेल्नेछ ।

नेपालले जुन २० मा बहराइन र जुन २१ मा हङकङसँग खेल्नेछ ।

समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रारम्भिक नेपाली टोली -

रुविना क्षेत्री, इन्दु वर्मा, सिता रानामगर, ज्योती पाण्डे, काजल श्रेष्ठ, कविता कुँवर, अपसरी बेगम, कबिता जोशी, डोली भट्ट, सबनम राई, सरिता मगर, रोमा थापा, संगिता राई, अस्मिता कर्मचार्य, मनिषा उपाध्याय, विन्दु रावल, ममता चौधरी, रेखा रावल, इश्वरी विष्ट

Bajaj Pulsar Motorcycle Ad
खाली हात फर्कने छैनौँ - कप्तान रुबिना

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राजस्थानसँग नेपाल पराजित

राजस्थानसँग नेपाल पराजित

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

Bajaj Pulsar Motorcycle Ad
फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो

फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो

चार जना प्रशिक्षकको विदाई

चार जना प्रशिक्षकको विदाई

ओएसिसको तीनै टोली सेमिफाइनलमा

ओएसिसको तीनै टोली सेमिफाइनलमा

विश्वकप खेल्न कबड्डी टोली बंगलादेश जाने

विश्वकप खेल्न कबड्डी टोली बंगलादेश जाने

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

इटालीको विश्वकपमा छनोट हुने सम्भवना कायमै

इटालीको विश्वकपमा छनोट हुने सम्भवना कायमै