काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकाविरुद्ध नेपालले सुरुआतमा ब्याटिङ गरिरहेको छ।
टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको हो ।
अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेका नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाएका छन् ।
आसिफले ५८ बलमा ५० रन पूरा गरेका हुन् । एकदिवसीय अन्तराष्ट्रियमा उनको यो दोस्रो अर्धशतक हो ।
तर, आसिफ ६१ रनमा आउट भए ।
नेपालले २ विकेट गुमाएर १ सय १८ रन जोडेको छ ।