काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकाविरुद्ध नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।
टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । अब अमेरिकाले फिल्डिङ गर्ने भएको छ ।
अमेरिकाविरुद्ध मैदान उत्रदा नेपाल सिरिजमा पहिलो जितको खोजीमा हुनेछ । नेपाल अमेरिकालाई हराउँदै २ अंक जोड्न चाहन्छ ।

सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो ।
अमेरिका भने सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा अमेरिकाले ओमानलाई हराएको थियो।
अमेरिका नेपालको चिरपरिचित प्रतिद्वन्दी हो । पछिल्लो चार भेटमा नेपालले अमेरिकालाई तीन खेलमा हराएको छ।
लिग टु मा नेपाल १३ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
अमेरिका २१ खेलमा २० अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
