काठमाडौं । श्रीलंकाले अष्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिजका लागि टिमको घोषणा गरेको छ ।
श्रीलंकाले घरेलु सिरिजका लागि टोलीको घोषणा गरेको हो ।
श्रीलंकाले डसुन शनकाको कप्तानीमा टोलीको घोषणा गरेको हो ।
एकदिवसीय सिरिजका लागि दनुश्का गुनाथिलका, धनन्जय डी सिल्भा, भानुका राजपाक्षे, निरोशन डिक्वेला र वानिन्दु हसरंगा टिममा फर्किएका छन् ।
घरेलु मैदानमा श्रीलंकाले अष्ट्रेलियासँग ५ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।
सिरिज जुन १४ मा सुरु हुनेछ ।
