काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ पर्यटन मन्त्री बन्ने भएका छन् ।
नेकपा एकीकृत समाजवादी पार्टीले एनओसी अध्यक्ष श्रेष्ठको नाम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको लागि सिफारिस गरेको छ ।
आइतबार बसेको पार्टीको सचिवालय समितिको बैठकले मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो ।
समाजवादी पार्टीले सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन नयाँ ५ नेताको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।
जसमा एनओसी अध्यक्ष श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको लागि सिफारिस गरिएको हो ।
यसअघि पर्यटनमन्त्री प्रेम आले रहेका थिए ।