काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका लागि चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन समितिले दिएको समयसिमा भित्र चार जना सदस्य पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।
निर्वाचन समितिको सचिवालयका अनुसार सदस्यका उम्मेदवार मणिराज लिम्बु, बिमला पौडेल, बालकृष्ण सिंह ठकुरी र सम्भु सिंह ठकुरीले उम्मेदवारी फिर्ता लिएका थिए ।
समितिले शुक्रबार अपरान्ह ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेको थियो । उम्मेदवारी फिर्तासँगै निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ।
एन्फाको आसन्न निर्वाचनमा ५४ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका थिए । निर्वाचन समितिका अनुसार रमेश श्रेष्ठको उम्मेदवारी रद्ध भएको थियो ।
चुनावका ५३ जनाको उम्मेदवारीमा ४ सदस्यले उम्मेदवारी फिर्ता लिएका छन् । एन्फाको २१ सदस्यीय नयाँ कार्यसमितिका लागि अब ४९ जनाले प्रतिस्पर्धा गर्नेछन् ।
निर्वाचन समितिका अनुसार अध्यक्षमा तीन, वरिष्ठ उपाध्यक्षमा दुई, उपाध्यक्षमा ८ जनाको उम्मेदवारी कायम भएको छ । अध्यक्षमा कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ र फ्रेन्ड्स क्लबका राजिव पौडेल भिड्ने भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुली तथा सिन्धुपाल्चोक जिल्ला फुटबल संघबाट वीरबहादुर खड्का भिड्ने भएका छन् ।
चार उपाध्यक्षका लागि हुने निर्वाचनमा कुमार केसी, बिज्ञानराज शर्मा, उपेन्द्रमान सिंह, रत्नकुमार श्रेष्ठ, विराटजंग शाही, सुन्दरनरसिंह जोशी, दावा लामा र दीपक खतिवडा भिड्ने भएका छन् ।
खुल्ला सदस्य पदमा दिपक थापा, प्रविण यादव, रुपेश अधिकारी, लोकेन्द्र गुरुङ, रामराज गुरुङ, टीका लामा, प्रदेशसिंह राठोर, भरत थापा, अनिल श्रेष्ठ, रमेश ब्यजनकार, मणीराज विष्ट, मनिष जोशी, सुरेन्द्र सिखाकार, निरोज खड्गी, प्रविणकुमार सुवाल, पुरुषोत्तम थापा, महेन्द्र क्षेत्री, विकास नारायण श्रेष्ठ, नेपाल कार्की, विजय घले, मिलन गुरुङ, कृष्णमुरारी गुरुङ, कुमार कटुवाल, बिनोद लामा तामाङ, तपेश्वर कुर्मी, मानदेव हाजार, रविन्द्र चन्द, अनिल मल्ल, भोजराज शाही, दिपेन्द्र धिमाल, मुखिया लामा र सुन्दर थापा क्षेत्रीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
महिला सदस्यमा बिन्द्रा देवन, सरिता श्रेष्ठ, पेमा डोल्मा लामा र विना नबाछे श्रेष्ठले प्रतिस्पर्धा गर्ने भएका छन् ।
एन्फाको केन्द्रिय निर्वाचन असार ६ गते हुदैछ ।