एजेन्सी । विश्वकप फुटबलमा स्पेन र इरान मैदानमा उत्रदा मुख्यत् दुई खेलाडी चर्चामा रहने छन् ।
दुई टोलीबीचको खेलमा स्पेनका इस्को र इरानका सरदार अजमौन मुख्य खेलाडी हुनेछन् । यि दुई खेलाडीको प्रदर्शनकै कारणले खेलमा रोमान्चकता आउने छ ।
इस्को मैदानमा छाएमा स्पेनलाई सहज जितको बाटोमा लैजाने छन् । यता, इरानी फरवार्ड अजमौनले स्पेनको डिफेन्सलाई व्यस्त बनाउने छन् ।
इस्को (स्पेन)

एसियाली राष्ट्र इरानसँग मैदान उत्रदा युरोपियन राष्ट्र स्पेनले मुख्य हतियार इस्कोलाई बनाउने छ । पोर्चुगलविरुद्धको पहिलो खेलमा छाएका इस्कोले आज पनि त्यस्तै प्रदर्शन गर्नेमा आशावादी हुनेछ स्पेनिस टोली ।
डिएगो कोष्टा , रोड्रिगो र लागो आस्पास जस्ता खेलाडीले अग्रपंक्ति सम्हाल्दा इस्को स्पेनिस टोलीको प्ले मेकरमा रहने छन् । अट्याकिङ मिडफिल्डर इस्को गोल गर्न समेत माहिर छन् । उनले क्लब र स्पेनिस टोलीको अघिल्ला खेलमा पुष्टी गरिसकेका छन् ।
२६ बर्षीय इस्को ब्यवसायीक रुपमा आस्पेनिस लिग क्लब रियल मड्रिडबाट खेल्ने गर्छन् । यो सिजन इस्कोले लिगको ३० खेलमा ७ गोल गरेका थिए । उनले ७ गोलको लागि अवसर समेत सिर्जना गरेका थिए । इस्कोले विश्वकप अघिको छनोटको ८ खेलमा ५ गोल गरेका थिए ।
बल कन्ट्रोल गर्न र पास निकाल्न निकै माहिर इस्को फ्रिकिकमा गोल गर्न उत्तिकै सिपालु छन् । त्यसैले इस्को आज इरानको लागि टाउको दुखाईको विषय बन्न सक्छन् ।
सरदार अजमौन (इरान)

सरदार अजमौन इरानी टोलीका मुख्य खेलाडी हुन् । विश्वकप अन्तर्गत समूह चरणको दोस्रो खेलमा स्पेनविरुद्ध मैदान उत्रदा इरानले अजमौनलाई मुख्य हतियार बनाउने छन् ।
इरानी यी युवा खेलाडी मात्र २३ वर्षका भए । तर, अजमौनसँग युरोपियन लिगमा खेलेको अनुभव रहनेछ । रसियन लिगमा रुविन काजन क्लबबाट अजमौनले यो सिजन २६ खेलमा ५ गोल गरेका थिए । अजमौनसँग च्याम्पियन लिगको पनि अनुभव रहेको छ । च्याम्पियन लिगमा उनले ६ खेल खेलेर २ गोल गरिसकेका छन् ।
इरानमा उनलाई इरानी लियोनल मेस्सीको नामले चिनिन्छ । विश्वकप छनोटमा खासै मौका नपाएका अजमौनले तीन खेलमा ३ गर्दै आफुलाई सक्षम भएको देखाइसकेका छन् ।