मंगलबार, कार्तिक १९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Bhat Bhateni Supermarket Ad

तिर्थ र पूर्णिमायालाई एभरेष्ट म्याराथनको उपाधि  

आइतबार, जेठ १५, २०७९खेलपाटी संवाददाता
तिर्थ र पूर्णिमायालाई एभरेष्ट म्याराथनको उपाधि  
Classic Tech Internet Ad

काठमाडौं । तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको उपाधि तिर्थबहादुर तामाङ र पूर्णिमाया राईले जितेका छन् ।

विश्वकै सर्वाधिक उचाईमा आयोजना हुने म्याराथनमा तिर्थले पुरुषतर्फ र पूर्णिमायाले महिलातर्फको उपाधि जितेका हुन्।

सगरमाथाको आधारशिविरबाट सुरु भएको म्याराथनमा तिर्थले निर्धारित दुरी ३ घण्टा ५१ मिनेट ९ सेकेण्डमा पूरा गरे ।

राजकुमार राजभण्डारी ३ घण्टा ५१ मिनेट ५९ सेकेण्डको समय निकाल्दै दोस्रो भए ।

यस्तै सुमन कुलुङले निर्धारित दुरी ३ घण्टा ५३ मिनेट १० सेकेण्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरे  ।  

May be an image of 1 person, standing and nature

महिलातर्फ उपाधि जित्ने क्रममा पूर्णिमायाले निर्धारित दुरी ५ घण्टा १९ मिनेट १५ सेकेण्डमा पूरा गरिन्  ।

दोस्रो भएकी अमल धनी राईले ५ घण्टा ३९ मिनेट १ सेकेण्डको समय निकालिन । यस्तै ५ घण्टा ४४ मिनेट १९ सेकेण्डसहित सेविका राई तेस्रो बनिन् ।

विदेशी कोटाको म्याराथनतर्फको उपाधि स्विजरल्याण्डका बेर्नहार्ड जेन्जरले जिते । रोमानियाका ड्रागोस मुनटिनु दोस्रो र बेलायतका बेन्जामिन तेस्रो भए ।

हाफ म्याराथनको उपाधि जर्मनीका भेरेना स्किमेरले जिते ।

यस्तै रोमानियाका एलेना फेर्तु दोश्रो तथा जर्मनकै डिटेनर स्टभ तेश्रो भए ।

May be an image of 8 people and outdoors

अल्ट्रा म्याराथनको उपाधि अर्जुन राई कुलुङले जिते । यस्तै गोपाल तामाङ दोस्रो र दुर्गा राज बुढा तेस्रो भए ।

म्याराथन सर्वोच्च शिखर सगरमाथाको आधार शिबिरबाट सुरु भएर नाम्चे बजारमा आएर सकिएको थियो ।

एक्सट्रिम अल्ट्रा ६० किलोमिटर दौड, खुल्ला म्याराथन र महिला खुल्ला म्याराथनका विजेताले समान एक लाख रुपैयाँ पुरस्कार पाउँदा उपविजेताले ७५ हजार तथा तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गरे ।

यसैगरी विदेशीतर्फको म्याराथन र हाफ म्याराथनका विजेताले जनही ५० हजार, उपविजेताले जनही ३५ हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँका दरले पुरस्कार हासिल गरे । 

May be an image of 4 people, outdoors and text that says 'START'

Bajaj Pulsar Motorcycle Ad
तिर्थ र पूर्णिमायालाई एभरेष्ट म्याराथनको उपाधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

ब्याकयार्ड अल्ट्रा नेपालको उपाधि विजयलाई

ब्याकयार्ड अल्ट्रा नेपालको उपाधि विजयलाई

Bajaj Pulsar Motorcycle Ad
‘सेफ जोन’को सम्झौता :  एन्फा र क्लब दुवैको आत्मसमर्पण

‘सेफ जोन’को सम्झौता : एन्फा र क्लब दुवैको आत्मसमर्पण

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

आन्दोलनमा जाने खेलाडी संघको चेतावनी

आन्दोलनमा जाने खेलाडी संघको चेतावनी

झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने सहमति

झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने सहमति

संकटा पथरीशनिश्चरे गोल्डकपबाट बाहिरियो

संकटा पथरीशनिश्चरे गोल्डकपबाट बाहिरियो

पुलिसको जितमा मिनाको ५ गोल

पुलिसको जितमा मिनाको ५ गोल

 ए डिभिजन लिग यस वर्ष नहुने

ए डिभिजन लिग यस वर्ष नहुने

एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख रुपैयाँ पाउने

एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख रुपैयाँ पाउने