आइतबार, २७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

उपाधिका लागि लिभरपुल र रियल भिड्दै

शनिबार, १४ जेठ २०७९खेलपाटी संवाददाता
उपाधिका लागि लिभरपुल र रियल भिड्दै
Loading ad...
mustang rice ad

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आज शनिबार राति हुँदैछ  ।

फ्रान्सको पेरिसमा हुने फाइनलमा इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल मड्रिडबीच प्रतिस्पर्धा हुनेछ । खेल राति १२:४५ बजे सुरु हुनेछ ।

उपाधिका लागि लिभरपुल र रियल मैदान उत्रदै गर्दा विश्वको ध्यान पेरिसमा केन्द्रित हुनेछ ।

किनकि युरोपियन फुटबलको सर्वाधिक प्रतिष्ठित प्रतियोगिताको उपाधिका लागि दुई ठुला क्लब भिड्दै छन् ।

स्टेट डे फ्रान्समा दुबै टोली जित निकाल्दै उपाधि उचाल्ने योजनामा रहेका छन् ।

लिभरपुल यस सिजन तेस्रो उपाधिको खोजीमा छ । ह्याट्रिक उपाधिका लागि लिभरपुल च्याम्पियन्स लिग जित्न चाहन्छ ।

लिभरपुलका जर्मन प्रशिक्षक क्लोप फाइनलका लागि टिम राम्रो अवस्थामा रहेको बताउछन् ।

'हामी सबै राम्रो मुडमा छौं । यदि तपाई स्वस्थ हुनुहुन्छ भने केटाहरू पक्कै छन् । जीवनले बारम्बार अवसरहरू दिन्छ । यो च्याम्पियन्स लिगको फाइनल हो,' क्लोप भन्छन् ।

लिभरपुलले पछिल्लो पटक २०१९ मा उपाधि जितेको थियो ।  लिभरपुलले ६ पटक च्याम्पियन्स लिग जितेको छ ।

तर, क्लोप च्याम्पियन्स लिगको उपाधि जित्न कठिन रहने गरेको दाबी गर्छन् ।

'पाँच वर्षमा तीन फाइनलहरू असाधारण छन् किनभने यो प्रतियोगिता साँच्चै गाह्रो छ । तर, यो वास्तवमै विशेष छ,' क्लोप थप्छन् ।   

ला लिगा च्याम्पियन रियल च्याम्पियन्स लिगमा सर्वाधिक सफल टोली हो । रियलले कीर्तिमानी १३ पटक उपाधि जितेको छ ।

पेरिसमा रियल आफ्नो इतिहासलाई कायम राख्न चाहन्छ । जसका लागि टोली तयार भएको मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी बताउँछन् ।  

'दुई उत्कृष्ट टोलीहरू एकअर्काको सामना गर्दैछन् । साहस र व्यक्तित्व भएकोले अन्तमा जित्नेछ,' एन्सेलोटीले फाइनल अघि भनेका छन् ।

युरोपेली प्रतियोगितामा यी दुई टिमबीच आठ भेट भएको छ । त्यसमध्ये रियल चारमा विजयी रहेको छ भने लिभरपुलले तीन खेल जितेको छ ।

यी दुई टिमको अन्तिम भेट सन् २०२०–२०२१ को च्याम्पियन्स लिग क्वाटरफाइनलमा भएको थियो ।

च्याम्पियन्स लिगको फाइलनमा भने दुई टिमबीचको यो तेस्रो भेट हो । त्यसमध्ये सन् १९८०–१९८१ मा लिभरपुल ३–१ ले विजयी रहेको थियो भने सन् २०१७–२०१८ मा रियल ३–१ ले विजयी भएको थियो ।

Loading ad...
LiNing Ad
उपाधिका लागि लिभरपुल र रियल भिड्दै

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मेसीको कीर्तिमान

मेसीको कीर्तिमान

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक

काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक

मेसीको कीर्तिमान

मेसीको कीर्तिमान

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध