काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सरेको छ ।
युवा तथा खेलकुद मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गर्दै नवौं राष्ट्रिय खेलकुद सरेको जनाएको छ ।
अब नवौं राष्ट्रिय खेलकुद असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म हुनेछ ।
यस अघि नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गतेसम्म हुने तालिका रहेको थियो ।
सरकारको मन्त्रीपरिषद् बैठकले नवौं खेलकुद सार्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले जानकारी गराए ।
प्रतियोगिता आयोजनाका लागि तयारी नपुगेको कारण नवौं राष्ट्रिय खेलकुद सरेको मन्त्री गहतराजले बताए ।
'पहिलो नवौंसँग सबन्धित बजेट कार्यन्वयनको अवधि नपुग्ने भयो । फास्ट ट्रयाकबाट गर्न खोजिएको थियो । सार्वजनिक खरिद ऐन पालना गर्दा समय नपुग्ने देखियो,' खेलकुद मन्त्री गहतराजले भने, 'दोस्रो, गण्डकी प्रदेशले छनोट तयारी गर्न नसक्ने अवस्था बन्यो । मधेशमा राखेप गठन नहुँदा पनि काम गर्न समस्या पर्यो । तेस्रो चुनावले काम गर्न समस्या भयो र ११ र १२ को परीक्षा पनि नवौंकै समयमा पर्यो ।'
नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिएको छ । यस्तै दुई प्रर्दशनी खेलको रुपमा रहेको छ ।
नवौंमा एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्नास्टीक, कबड्डी, भारत्तोलन, सुटिङ, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराते, फुटबल, कन्ट्याक्ट कराते, आईटिएफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आर्चरी, साईक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाईडिङलाई समावेश गरिएको छ ।
जसमा ठेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमा नवौंमा राष्ट्रिय खेलकुदमा समावेश गरेको छ ।