आइतबार, २७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

के जेरार्डले लिभरपुललाई लिग उपाधि दिलाउने छन् ?

शनिबार, ०७ जेठ २०७९खेलपाटी संवाददाता
के जेरार्डले लिभरपुललाई लिग उपाधि दिलाउने छन् ?
Loading ad...
mustang rice ad

काठमाडौं । म्यानचेस्टर सिटीको इंग्लिस प्रिमियर लिग उपाधि जित्ने सूत्र निकै सजिलो छ, अन्तिम दिनको खेलमा एस्टन भिल्लालाई हराउने । यस्तो गर्न सके, पछिल्लो पाँच वर्षमा सिटीले चौथो पल्ट लिग जित्नेछ । पेप ग्वार्डिओला र उनका खेलाडीलाई थाहा छ, लिग उपाधि जित्ने दाउ आफ्नै हातमा छ । आइतबार इतिहाडमा हुने खेलमा सिटीले भिल्लाको सामना गर्नेछ र आफ्नै घरेलु दर्शकमाझ लिग जितेको खुसीयाली पनि मनाउन सक्नेछ ।

यो परिस्थितिको एउटा अर्को समीकरण पनि छ । अन्तिम दिन एनफिल्डमा लिभरपुलले उल्भ्सको आथित्य गर्दैछ र त्यसमा लिभरपुल जित्छ र सिटी आफू अनुकल नतिजा निकाल्न असफल रहन्छ भने लिग उपाधि हुनेछ, मर्सिसाइड क्लबको । यो सबै परिस्थितिमा एउटा पात्र खुबै महत्त्वपूर्ण बनेर आउँछ र ती हुन्, स्टेफन जेरार्ड । उनी अचेल भिल्लाका व्यवस्थापक हुन् । लिभरपुलका लागि खेल्दा उनले कहिले पनि लिग जित्न सकेन् । 

How close was Steven Gerrard to winning the Premier League with Liverpool?  | PlanetSport

तर यिनै जेरार्डले लिभरपुललाई त्यही लिग उपाधि दिलाउन सक्छन् । यसको सूत्र पनि सामान्य छ, भिल्लाले सिटीलाई हराउने । इतिहासमा त्यस्ता धेरै मोड आए, जसमा लिभरपुल समर्थकलाई लाग्थ्यो, लिग जित्ने हो भने त्यसका लागि सबैभन्दा महत्त्वपूर्ण पात्र जेरार्ड नै हुन् । अहिले पनि ठ्याक्कै त्यस्तै स्थिति छ, खालि भूमिका फेरिएको छ । जेरार्डको अहिले तत्कालको लक्ष्य भनेको लिभरपुललाई सहयोग गर्नु पक्कै हुने छैन्, हुन पनि हुन्न ।

उनी त अर्को सिजनका लागि भिल्लालाई तयार पार्ने बाटोमा छन् । यसको एउटा पाटो आइतबार सिटीलाई हराउनु पनि हुन सक्नेछ । तर आखिरमा जेरार्ड पनि मान्छे न हुन्, हामी सबै जस्तै सामान्य मान्छे । उनको उनमा पनि हुँदो होस, लिभरपुलले लिग उपाधि जितोस र त्यसका लागि आफ्नो टिमले सिटीलाई हराउन सकोस । यस्तो हुने हो भने उनका लागि सर्वाधिक प्रिय क्लबले एकै सिजन चार ठूला उपाधि जित्ने बाटो अझै कायम रहनेछ ।

फुटबल पण्डितहरू के पनि मान्छन् भने भिल्लाले सिटीविरुद्ध केही पनि गर्न सक्ने छैन् । सिटीले त्यो दिन सजिलो जित निकाल्नेछ । आखिरमा भिल्ला अंक तालिकाको १४ औं स्थानमा छ । कुनै समय त्यस्तो पनि थियो, जति बेला भिल्लामाथि रेलिगेसनको डर थियो । जेरार्ड आएपछि त हो, यो तनाव समाप्त भएको । जेरार्ड लिभरपुलमा छँदा लिगलाई छाडेर धेरैथोक जिते, जस्तो युरोपेली च्याम्पियन्स लिग, यूईएफएकप, एफएकप, लिगकप ।
 Gerrard 'disappointed' to have Aston Villa's 'integrity' questioned over  potential role in title decider

जेरार्डले लिग उपाधिको धेरै नजिक पुगेर पनि लिभरपुललाई जिताउन नसकेको उदाहरण पनि छन्, विशेषत: सन् २०१४ मा । त्यति बेला चेल्सीविरुद्धको निर्णायक सावित हुन सक्ने खेलमा जेरार्ड मैदानमै नराम्रोसँग चिप्लेका थिए र यो चिप्लाई कति महँगो सावित भयो भने लिभरपुलको हात रहेको लिग उपाधि अन्यत्र मोडियो । जेरार्डका लागि यो निकै दु:खको अवसर थियो । उन त्यसलाई चाहेर पनि भुल्न सक्दैनन् । तर अब त्यसलाई भुलाउने अवसर छ, जेरार्डको हातमा ।
प्रश्न त्यही हो, के जेरार्डले लिभरपुललाई लिग उपाधि दिलाउने छन् ?

–बीबीसीका लागि फिल म्याकनटीले लेखेको लेखको स्वतन्त्र अनुवाद । 

Loading ad...
LiNing Ad
के जेरार्डले लिभरपुललाई लिग उपाधि दिलाउने छन् ?

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मेसीको कीर्तिमान

मेसीको कीर्तिमान

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक

काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक

मेसीको कीर्तिमान

मेसीको कीर्तिमान

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध