मिलानको साँघुरो जित
आइतबार, १८ बैशाख २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले साँघुरो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा मिलानले फियोरेन्टिनालाई १-० गोल अन्तरले हराएको हो ।
मिलानको जितमा राफायल लिओले निर्णायक गोल गरे ।
लिओले खेलको ८२ औं मिनेटमा गोल गरेका थिए ।
यस जितसँगै मिलानले ३५ खेलमा ७७ अंक जोडेको छ ।
मिलान शीर्ष स्थानमा रहेको छ ।
फियोरेन्टिना ५६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
मिलानको साँघुरो जित








-1770555824523.jpeg&w=3840&q=75)



-1770548725823.jpeg&w=3840&q=75)
