नेपालले अमेरिकामा खेल्ने सिरिजको खेल तालिका सार्वजनिक
मंगलबार, १३ बैशाख २०७९खेलपाटी संवाददाता

फाइल तस्बिर
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले अमेरिकामा खेल्ने त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल, अमेरिका र ओमानबीच हुने सिरिजको खेल तालिका सार्वजनिक गरेको हो । सिरिज आगामी जुनमा हुनेछ ।
सार्वजनिक खेल तालिका अनुसार नेपालले पहिलो खेलमा ओमानविरुद्ध खेल्नेछ । नेपाल र ओमानबीचको खेल जुन ९ मा हुनेछ ।
यस्तै नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा फेरि ओमानविरुद्ध जुन १४ र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ ।
लिग टु को अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ ।
नेपालले अहिलेसम्म १२ खेल खेलेको छ । जसमा नेपालले ६ जित र ६ खेलमा हार व्यहोरेको छ ।
नेपालले अमेरिकामा खेल्ने सिरिजको खेल तालिका सार्वजनिक







-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)




