बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

कोहलीलाई के भइरहेको छ ?

मंगलबार, बैशाख १३, २०७९खेलपाटी संवाददाता
कोहलीलाई के भइरहेको छ ?
Classic Tech Internet Ad

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा आज मंगलबार रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्सको सामना गर्दैछ । त्यस अगाडि सबैको मुखमा झुन्डिएको प्रश्न हो, आखिरमा विराट कोहलीलाई भइरहेको के छ ? प्रतियोगितामा पछिल्ला दुई खेलमा उनले लगातार ‘गोल्डेन डक’ खाए । त्यसो भनेको यी दुवै खेलमा पहिलो बल सामना गर्दै यी भारतीय क्रिकेटका पूर्व कप्तान आउट भए ।

आफ्नो पूरा खेल जीवनमै कोहली यसरी लगातार खेलमा पहिलो बलमै आउट भएको यो पहिलो पल्ट हो । फेरि उनी आफै पनि लयमा छैनन् । आठ खेलमा उनले बेंगलोरका लागि जम्मा जम्मी १ सय १९ रन बनाएका छन् । यो उनी जत्तिको ब्याट्रलाई सुहाउन पटक्कै होइन् । सनराइज हैदरावादविरुद्धको खेलपछि कोहली र वेस्ट इन्डिजका पूर्व खेलाडी ब्रायन लाराबीच लामै कुराकानी भयो ।

यो दृष्य खुबै भाइरल पनि भयो । सबैको अनुमान थियो, सायद कोहलीले लारालाई सोधेको हुनु पर्छ, यो खराब लयबाट मुक्त हुन कसरी ? बेगलोरको पूर्व कप्तान तथा प्रशिक्षक ड्यानिएल भिटोरी मान्छन्, कोहली अहिले पक्कै खराब लयबाट गुज्रिरहेका छन्, तर कुनै पनि बेला उनको ब्याटबाट पर्याप्त रन निस्कनेछ । उनी भन्छन्, ‘धेरैले कोहली अहिले मानसिक दबाबमा रहेको भन्छन्, मलाई लाग्छ, यो कुरामा उनी वास्तवमै बलियो छन् ।’

कोहलीलाई आधुनिक पुस्ताका ब्याट्रमध्ये सर्वाधिक उत्कृष्ट मानिन्छ र कुनै समय उनी नै भारतीय क्रिकेटका वास्तविक अनुहार थिए । तर यिनै कोहली लखनउ सुपर जायन्ट्सका दुश्मन्था चमिरा र हैदरावादका मार्को जेनसनको पहिलो बलमै आउट भए । सुनिल गावस्करले पनि कोहलीको समर्थनमा बोलेका छन् र भन्छन्, ‘कोही ब्याटर पहिलो बलमै आउट हुन्छ भने धेरै चर्चा हुन्छ, कोहलीको घटना पनि यत्ति मात्र हो ।’

तर तथ्यांकले अरू थोक नै भन्छ र यो हो, कोहली खासमै खराब लयमा छन् । पछिल्लो समय ट्वान्टी ट्वान्टी क्रिकेटमा मात्र होइन्, उनी टेस्ट र वान डे क्रिकेटमै पनि नराम्रोसँग असफल रहेका छन् । यी तीनै ढाँचामा उनले शतक नबनाएको धेरै भयो । त्यसबीच पनि इंग्ल्यान्डका पूर्व ब्याट्सम्यान केभिन पिटरर्सनले कोहलीकै समर्थनमा आफ्नो धारणा राखेका छन् ।

उनले भनेका छन्, ‘प्रत्येक महान ब्याट्सम्यान अहिले कोहलीकै जस्तो खराव लयबाट गुज्रिने गर्छन् । यो निकै स्वभाविक छ । फेरि अर्को तथ्य के पनि हो भने यस्ता महान ब्याट्सम्यान केही समयका खराव लयपछि उत्कृष्ट प्रदर्शन गर्न पनि सफल हुन्छन् । त्यसैले त्यस्तो दिन धेरै टाढा रहने छैन्, जति बेला कोहलीको ब्याटले सबैलाई उत्तर दिने छ ।’

कोहली भारतीय टिमको कप्तान छँदाका प्रशिक्षक रवि शास्त्री मान्छन्, सायद यी खेलाडीलाई धेरै थकान छ, मानसिक रूपमा पनि दबाबमा छन् । त्यसैले केही छोटो समयका विश्रामपछि उनी फेरि पुरानै लयमा फर्कन सक्छन् । कोहलीले भारतका लागि १ सय १ टेस्ट, २ सय ६० वान डे र ९७ ट्वान्टी ट्वान्टी खेल खेलिसके । यो सबै सन् २००८ यतै हो ।

विश्वास गरौं, कोहलीको उत्कृष्ट खेल फेरि हेर्न पाइने छ । अहिलेका लागि भने प्रश्न कायम नै छ, कोहलीलाई के भइरहेको छ ?


–एएफपीको सहयोगमा । 

Bajaj Pulsar Motorcycle Ad
कोहलीलाई के भइरहेको छ ?

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

Bajaj Pulsar Motorcycle Ad
ललितपुरमाथि पोखराको जित

ललितपुरमाथि पोखराको जित

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

कर्णालीको सहज जित

कर्णालीको सहज जित

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो