पाण्डे राष्ट्रिय टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले प्रदीप राज पाण्डेलाई जिम्बावेविरुद्धको सिरिजका लागि नेपाली टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको छ ।
विराटनगर स्थायी बासिन्दा पाण्डेलाई मंगलबार सहायक प्रशिक्षकमा नियुक्त गरेको पाण्डेले जानकारी गराए । नेपाली टिमको मुख्य प्रशिक्षकमा पुबुदु दशायानके रहेका छन् ।
पाण्डेले राष्ट्रिय क्रिकेट प्रतियोगिता कोशी अञ्चलबाट २०४२-२०४८ सम्म प्रतिनिधतव गरेका थिए। पाण्डे राष्ट्रिय खेलकुद परिषदका सहायक प्रशिक्षक समेत हुन् । पाण्डे यसअघि पनि नेपाली राष्ट्रिय टोलीलाई २०१९ मा उमेश पट्वाल राष्ट्रिय टिमका प्रशिक्षक हुँदा साउथ एशियन गमेसमा समेत उहाँले प्रशिक्षकको भुमिका निभाएका थिए।
त्यसैगरी २००४ मा मलेसियामा भएको एसीसी वोमन प्रिमियर क्रिकेट प्रतियोगीतामा मुख्य प्रशिक्षकको भुमिका निभाएका थिए। लामो समय देखि नेपाली क्रिक्रेट लाई योगदान दिँदै आएका पाण्डे नेपाली महिला क्रिकेट उत्पादनका लागि विराटनगरमा समेत सक्रिय थिए।