आईपीएल : आज दुई खेल हुँदै
शनिबार, बैशाख १०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज शनिबार दुई खेलहरु हुँदैछन् ।
शनिबार हुने पहिलो खेलमा कोलकत्ता नाइट राइडर्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ। मुम्बईमा हुने दुई टोलीबीचको खेल ३:४५ बजे सुरु हुनेछ ।
कोलकत्ता आज चौंथो जित निकाल्ने योजनामा रहेको छ ।
कोलकत्ता ७ खेलमा ६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
गुजरात छैटौं जितको खोजीमा रहेको छ ।
गुजरात ६ खेल १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
अर्को खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।
बैंगलोर ७ खेलमा १० अंक जोडेर तेस्रो स्थान रहेको छ ।
हैदरावाद ६ खेलमा ८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ।
आईपीएल : आज दुई खेल हुँदै














