काठमाडौं । वेस्ट इन्डिज क्रिकेट टोलीका कप्तान केइरन पोलार्डले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
वेस्ट इन्डिजको सिमित ओभरका कप्तान पोलार्डले बुधबार सामाजिक संजालबाट सन्यास घोषणा गरेका हुन् ।
३४ वर्षीय अलराउण्डर पोलार्डले आफुले सोचविचार गरेर सन्यास लिने निर्णय गरेको बताएका छन् ।
पोलार्डले वेस्ट इन्डिजका लागि १ सय २३ एकदिवसीय र १ सय १ टी-ट्वान्टी अन्तराष्ट्रिय खेल खेलेका छन् । उनले वेस्ट इन्डिजका लागि टेस्ट भने खेलेनन् ।
सन् २०१२ को टी-ट्वान्टी विश्वकप जित्दा पोलार्ड वेस्ट इन्डिजको टोलीमा रहेका थिए ।
पोलार्डले ६१ खेलमा वेस्ट इन्डिजको कप्तानी गरेका थिए ।
पोलार्ड मुम्बई इण्डियन्सबाट आईपीएल खेलिरहेका छन् ।