काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को टिम दिल्ली क्यापिटल्सका थप एक खेलाडीमा कोरोना पुष्टि भएको छ ।
पान्जब किंग्सविरुद्धको खेलअघि दिल्लीको विदेशी खेलाडी टिम सेइफार्टलाई कोरोना देखिएको हो ।
यसअघि दिल्लीका मिचेल मार्ष तथा अन्य सहयोगी स्टाफहरुमा समेत कोरोना पुष्टि भएको थियो ।
दिल्लीको टिममा कोरोना देखिन थालेपछि उच्च सतर्कता अपनाइएको छ । पन्जाबविरुद्ध हुने दिल्लीको खेल पुनेमा हुने तालिका परिवर्तन गर्दै आयोजकले मंगलबार अन्तिम समयमा खेल मैदान परिवर्तन गरेको थियो ।
लामो समय बन्द बसमा यात्रा गर्नु पर्ने भएकाले कोरोना डरका कारण खेललाई पुनेबाट मुम्बई सारिएको थियो ।