काठमाडौं । इन्डियन प्रिमियत लिग (आईपीएल) अन्तर्गत बुधबार दिल्ली क्यापिटल्स र पन्जाब किंग्स भिड्दै छन् ।
मुम्बईको ब्रबोरने मैदानमा दिल्ली र पन्जाबको खेल साँझ नेपाली समय अनुसार ७:४५ मा सुरु हुने छ । यसअघि पुनेमा हुने तालिका रहेको खेललाई आयोजकले मंगलबार मुम्बईमा सारेको थियो ।
दिल्लीको टिममा विदेशी खेलाडीसहित अन्य स्टाफहरुमा कोरोन पोजेटिभ देखिएको कारण पुनेको लागि लामो समय बन्द बस यात्रा गर्नु भयरहित नहुने भन्दै आयोजकले अन्तिम समयमा खेल मैदान सारेको हो ।
दिल्लीले लिगमा ५ खेल खेल्दा २ खालमा जित निकाल्दै ४ अंकका साथ तालिकाको आठौँ स्थानमा छ ।
पन्जाब ६ खेलमा ३ जित निकाल्दै ६ अंकका साथ सातौँ स्थानमा रहेको छ । पन्जाबलाई आजको खेलमा फराकिलो जित निकाले तेस्रो स्थानमा उक्लने मौका हुनेछ ।
दिल्लीले खेलमा पन्जाबलाई हराउन सके उसले दुई स्थान फड्को मार्न सक्ने छ ।
दुवै टोलीले अन्तिम ५ खेलमा ३ हार व्यहोर्द २ खेलमा जित निकालेका छन् ।