काठमाडौं । लखनउ सुपर जायनट्सका कप्तान केएल राहुललाई २० प्रतिशत म्याच फि जरिवाना गरिएको छ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा मंगलबार रोयल च्यालेंजर्स बैंगलोरविरुद्धको खेलमा लिगको कोड अफ कनडक्ट उल्लंघन गरेको भन्दै जरिवाना गरिएको हो ।
मुम्बईस्थित डी वाई पाटिल स्पोर्ट्स एकेडेमीको मैदानमा भएको खेलमा राहुलसंगै मार्कस स्टोइनेसलाई लेभल एकको कारवाही गरिएको छ । मार्कसले खेलमा आउट भएपछि गालि गर्दै अपशब्द बोलेका थिए ।
स्टोइनेसले १५ बलमा २४ रन बनाएर जोस हेजल्वुडको ओभरमा आउट हुँदा स्टाम्प माइकमा अपशब्द बोलेको प्रष्ट सुनिएको थियो ।
लखनउले आगामी खेल मुम्ब इण्डियन्ससंग अप्रिल २४ मा खेल्ने छ ।
लखनउ ७ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।