काठमाडौं । बंगलादेशका पूर्व स्पिनर मोस्राफ होसेनको निधन भएको छ ।
ढाकामा होसेनको ४० वर्षको उमेरमा निधन भएको हो ।
होसेन ब्रेन क्यान्सरबाट पीडित थिए ।
पछिल्लो समय उनी क्यान्सरको रोगको उपचार गराईरहेका थिए ।
होसेनले बंगलादेशका लागि ५ एकदिवसीय अन्तराष्ट्रिय खेलेका थिए ।
उनले फस्ट क्लास क्रिकेटमा ३ हजार बढी रन जोड्दा ३ सय बढी विकेट लिएका थिए ।
उनको श्रीमती र एक बच्चा छन् ।