काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार हुने पन्जाब किंग्स र दिल्ली क्यापिटल्सको खेलको मैदान सारिएको छ । पुनेको एमसीए मैदानमा तय भएको खेललाई आईपीएल आयोजकले मंगलबार मुम्बईको ब्रबोर्नेमा सारेको बताएको छ ।
कोरोना त्रासको कारण खेल मैदान सारेको आयोजकले बताएको छ । दिल्लीको विदेशी खेलाडी मिचेल मार्ष लगायत अन्य स्टाफलाई कोरोन पोजेटिभ देखिएको थियो ।
कोरोना त्रासको कारण दिल्लीलाई पुने यात्रा नगर्न आयोजकले सल्लाह गर्दै खेल मैदान मुम्बईमा सारिएको हो । दिल्लीका सबै स्टाफ र खेलाडीहरु हाल क्वारेन्टाइनमा रहेका छन् ।
मंगलबारको कोरोन परिक्षणको नतिजा आउन बाँकी छ । बसमा लामो समय यात्रा गर्दा कोरनाको जोखिम हुने भएको भन्दै आयोजकले खेल मैदान सारेको हो ।
अप्रिल १५ मा दिल्लीका फिजियो फर्हार्टलाई पहिले कोरोन पोजेटिभ देखिएको थियो । लगत्तै अर्को दिन थेरपिश्ट चेतन कुरामलाई समेत कोरोना सरेको पुष्टि भएको थियो । यी दुईलाई कोरोन संक्रमण भएसंगै अप्रिल १८ मा खेलाडी मार्ष, टिम डाक्टर र सामाजिक संजाल हेर्ने स्टाफलाई कोरोन पुष्टि भएको थियो ।
आईपीएलमा पन्जाबले ६ खेलमा ३ जित निकाल्दै ६ अंकका साथ तालिकाको सातौँ स्थानमा छ । दिल्ली ५ खेलमा २ जित निकाल्दा ४ अंक बटुल्दै तालिकाको आठौँ स्थानमा रहेको छ ।