काठमाडौं । इन्डिय प्रिमियर लिग (आईपीएल) २०२२ मा उदेकलाग्दो प्रदर्शनपछि मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा विष्मातमा छन् । प्रतियोगिताको इतिहासकै सबैभन्दा सफल टिमले सुरुआती सबै सबै खेलमा हार बेहोरेपछि रोहितलाई पीर पर्नु स्वभाविक पनि छ । निरन्तरको हारपछि मुम्बई १० टिम सम्मिलित प्रतियोगिताको सबैभन्दा पुछारमा छ ।
अहिलेसम्म अंकको खाता खोल्न असफल मुम्बई फेरि प्रतियोगिताको सफल टोली पनि त हो । फेरि मुम्बई कीर्तिमान पाँच पल्ट च्याम्पियन भएको टिम पनि हो । यी सबै खराब स्थितिका बावजुत पनि रोहितले आश भने मारेका छैनन् । उनी भन्छन्, ‘के के न सबथोक बित्यो भने जस्तो गरेर दुःख मान्न पनि आवश्यक छैन् ।’
यी ३४ वर्षीय प्रारम्भिक ब्याटर के मान्छन् भने आफ्नो टिमको ध्यान अगाडि हुनु पर्छ, न कि पछाडि । सबै तीनै ढाँचामा भारतीय टिमका कप्तान पनि रहेको रोहितले भनेका छन्, ‘पक्कै पनि हाम्रो लागि सबथोक सकिएको स्थिति होइन् । हामीलाई राम्रो खेल्नु छ र जित्नु छ । यसका लागि प्रयास भने गर्नु पर्छ ।’
रोहित भन्छन्, ‘इमान्दारितापूर्वक भन्दा मैले त्यही सबै काम गरिरहेको छुं, जुन यस अगाडि पनि गरिरहेको छुं । खालि जित मात्र निस्किरहेको छैन् । यो सबै स्थितिको जिम्मेवार पनि म आफै हो । मलाई आफ्नो दायित्व पनि उत्तिकै याद छ । लामो समय भयो, मैले क्रिकेट खेल्न थालेको, त्यसैले अब के कस्तो गर्नु पर्छ, त्यो पनि थाहा छ ।’
–रोयटर्सको सहयोगमा ।