काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट टोली दिल्ली क्यापिटल्सका अलराउण्डर मिचेल मार्शलाई कोभिड-१९ को संक्रमण देखिएको छ।
पछिल्लो समय गरिएको परिक्षणमा अलराउण्डर मार्शलाई कोभिड संक्रमण पुष्टि भएको हो ।
कोभिड देखिएसँगै उनलाई मुम्बई अस्पताल भर्ना गरिएको बताईएको छ । टाउको दुख्ने लगायतका कोभिडको लक्षण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।
अष्ट्रेलियन मार्शले अब आईपीएलका केहि खेल गुमाउने भएका छन् । दिल्लीले बुधबार पुनेमा पन्जाब किङ्ससँग खेल्ने तालिका रहेको छ ।