काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा जित निकालेको छ ।
सोमबार राति भएको खेलमा राजस्थानले कोलकत्ता नाइट राइडर्समाथि ७ रनको रोमान्चक जित निकालेको हो ।
राजस्थानले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको कोलकत्ताले १९ ओभर ४ बलमा अलआउट हुँदै २ सय १० रन मात्र बनाउन सक्यो ।
कोलकत्ताका कप्तान श्रेयस आयरले ८५ रनको अर्धशतकीय इनिङ खेले । आरोन फिन्चले ५८ रनको अर्धशतकीय इनिङ खेले । उमेश यादवले २१ तथा नितिश रानाले १८ रन बनाए ।
राजस्थानका युजभेन्द्र चाहलले ह्याट्रिकसहित ५ विकेट लिए । उनले १६ ओभरको चौंथो, पाँचौं र छैटौं बलमा विकेट लिदै ह्याट्रिक पूरा गरे ।
ओबेड म्याककोयले २ तथा प्रसिद्ध कृष्ण र रविचन्द्र आश्विनले १/१ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर २ सय १७ रन जोडेको थियो ।
राजस्थानका लागि जोस बट्लरले १ सय ३ रनको शतकीय इनिङ खेले । सन्जु सामसनले ३८ रन जोड्दा शिम्रन हिटमायरले अविजित २६ रन बनाए । देबदुत पडिकलले २४ रन बनाए ।
कोलकत्ताका सुनिल नारिनेले २ विकेट लिए ।
जितसँगै राजस्थान अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
राजस्थानले ८ खेलमा ८ अंक जोडेको छ ।
कोलकत्ता ७ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।