काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट टोली दिल्ली क्यापिटल्सको क्याम्पमा कोभिड-१९ को संक्रमण देखिएको छ।
कोभिडको संक्रमण देखिएपछि दिल्लीको टोलीलाई क्वारेन्टिनमा राखिएको छ। पछिल्लो समय गरिएको परिक्षणमा दिल्लीको टोलीमा कोभिड संक्रमण पुष्टि भएको हो ।
यस अघि दिल्लीका फिजियो प्याट्रिकलाई कोभिड संक्रमण देखिएको थियो । तर, पछिल्लो पटक खेलाडीमा समेत कोभिड पुष्टि भएको छ ।
कोभिड संक्रमण पुष्टि भएपछि दिल्लीको पुने भ्रमण स्थगित गरिएको छ । दिल्लीले अप्रिल २० मा पुनेमा पन्जाब किङ्ससँग खेल्ने तालिका रहेको छ ।