काठमाडौं । इंग्ल्यान्डका पूर्व ब्याटर रोब की इंग्ल्यान्ड पुरुष क्रिकेटको प्रबन्ध निर्देशक चुनिएका छन् ।
स्काई स्पोर्ट्समा कमेन्ट्री गर्दै आएका रोबलाई तत्कालबाट लागु हुने गरि प्रबन्ध निर्देशक चुनिएको इंग्ल्यान्ड क्रिकेटले जनाएको छ । उनले कमेन्ट्री भूमिका छाडिसकेका छन् ।
एश्ले गिल्सलाई बर्खास्त गरेपछि एन्ड्रयुले अन्तरिम प्रबन्ध निर्देशकको काम गरिरहेका थिए ।
'यस भूमिका पाउनु सम्मानको विषय हो,' उनले भनेका छन् ।
इंग्ल्यान्डका लागि उनले तीनै फर्म्याटको क्रिकेट खेलेका छन् ।
उनले करियरमा २८ हजार बढी रन बनाएका थिए ।