एजेन्सी । उरुग्वेलाई चोट ग्रस्त खेलाडीको चिन्ता छैन तर इजिप्टविरुद्धको खेलका केही खेलाडी परिवर्तन हुन सक्छ । विङ्गर कालोर्स साञ्चेजले दायाँ र अनुभवी खेलाडी क्रिस्टियान रोड्रिग्वेजले बाँयातर्फबाट उरुग्वेलाई सम्हाल्नेछन् । जर्जियन डि रास्कायटाको प्रर्दशनले खासै प्रभावित बनाउन सकेको छैन् ।
साउदी प्रशिक्षक जुआन एन्टोनियो पिज्जीले केही खेलाडी परिवर्तन गर्नेछन् । जसमा गोलकिपर अब्दुल्लाह अल मायुफ रहेका छन् । उनलाई मोहमेद अल अवौसले प्रतिस्थापन गर्नेछन् ।
एक खेलको नतिजाले प्रशिक्षकको बर्खासतमाथी प्रश्न गर्नु सान्दर्भिक नहोला । तर साउदी अरबका प्रशिक्षक पिज्जीलाई जागिर जोगाउन आजको खेल जित्नुपर्ने दबाब छ । रुससंग ५–० पराजित भएलगत्तै पिज्जीले नतिजाले आफुलाई लाज लागेको प्रतिक्रिया दिएका थिए ।
उरुग्वेका प्रशिक्षक ओस्कार तबारेजलाई लिएर प्रश्न उठाउने ठाँउ छैन् । विगत १२ बर्षयता टिमसंगै छन् । उनको यो १७ औ विश्वकपको खेल हुनेछ । उरुग्वे र साउदी अरेबियाबीचको खेलले दुई टिमको मात्र भाग्य निर्धारण गर्ने छैन । यसको प्रत्यक्ष प्रभाव समुहका अन्य दुई टोली रुस र ईजिप्टमा पर्नेछ । उरुग्वेको जितले एक खेल अगावै विश्वकपको प्रि क्वार्टरफाईनलमा पुग्ने २ टोलीको टुङ्गो लाग्नेछ । साउदीको जितले इजिप्टको समेत अघिल्लो चरण प्रवेशको गणितिय सम्भावना बाँकी रहनेछ ।
विश्वकपमा दुवै टोलीको यो पहिलो भेट हो । साउदी यसअघिका दुई मैत्रिपुर्ण खेलमा उरुग्वेसंग नहारेको ईतिहास छ । आजको खेल बार्सिलोना स्टार एवंम उरुग्वेका स्ट्राईकर लुईस सुआरेजका लागि महत्वपुर्ण छ । उनले यही खेलमार्फत सय क्याप पुरा गर्दैछन् । उनी सो उपलब्धी हात पार्ने उरुग्वेका छैटौ खेलाडी हुनेछन् ।
विश्वकपमा साउदी अरेबियाको यो १५ औ खेल हो । पहिलो पटक उसले दक्षिण अमेरिकी राष्ट्र प्रतिद्धन्दी पाएको हो । साउदी विश्वकप फाईनलको २४ बर्षको इतिहासमा पछिल्ला ११ खेलमा जित विहिन छ ।