ब्लुबर्डलाई अन्तर-कलेज उपाधि

काठमाडौं । पेट्रियटस् कप अन्तर-कलेज क्रिकेट प्रतियोगिताको उपाधि ब्लुबर्ड कलेजले जितेको छ । फाइनलमा गोल्डेनगेट कलेजलाई १ रन पराजित गर्दै ब्लुबर्डले उपाधि जितेको हो ।
मुलपानी क्रिकेट मैदानमा ८१ रनको लक्ष्य पछ्याएको गोल्डेनगेट १९ ओभरमा ३ बलमा ७९ रन बनाउँदा अलआउट भयो । उसका आसुतोष घिरैयाले २७ रन बनाए । ब्लुबर्डको जितमा बिबेक राना मगर, सुबास खत्री र बिपिन आचार्यले समान २ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ब्लुबर्डले १८ ओभर ४ बलमा ८० रन जोड्दा अलआउट भयो । उसका तिलक राज भण्डारीले २१, दुर्गेश छेत्रीले १४ रन बनाए ।
गोल्डेनगेटका सुर्य तामाङले ५ विकेट हात पारे ।
च्याम्पियन ब्लुबर्डले १ लाख, उपविजेता गोल्डेनगेटले ५० हजार नगद दहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे ।
प्रतियोगितामा उत्कृष्ट ब्याटर गोल्डेनगेट तिर्थ राज दास तथा उत्कृष्ट बलर ब्लुबर्डक बिपिन आचार्य घोषित भए ।
प्लेअर अफ द सिरिज गोल्डेनगेटका रवी शाह घोषित भए ।