रुबिनाले फ्यर ब्रेक खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुबिना छेत्रीले फेयर ब्रेक इन्भिटेसनल-२०२२ खेल्ने भएकी छिन् ।
क्रिकेट हङकङको आयोजनामा हुने प्रतियोगितामा रुबिनाले द बार्मी आर्मीबाटा खेल्ने पक्का भएको खेलापाटीलाई जानकारी गराइन् ।
नेपाल क्रिकेट संघ (क्यान) को समन्वयमा रुबिनाले फेयर ब्रेक खेल्ने भएकी हुन् ।
'क्यानको समन्वयमा मेरो नाम फेयर ब्रेकको लागि गएको थियो र मेरो सिभि उहाँहरुलाई मन पर्यो होला त्यसैले मपनि छनोट भएको छु ।' रुबिनाले भनिन्, 'एक महिनाअघि मैले कन्फरमेसन मेल पाएको थिएँ, अहिले भिसाको लागि तयारीमा छु ।'
यसअघि रुबिनाले अष्ट्रेलियाको महिला बिग बास लिगमा ट्रेनिङको लागि मौका पाएकी थिइन् ।
नेपाली महिला खेलाडीले अन्तर्राष्ट्रिय फ्रेन्चाइज खेल्न लागेको यो पहिलो पटक हो ।
यसअघि नेपाली उपकप्तान सीता राना मगरले टिम टोर्नाडोजबाट खेल्ने घोषणा भएको थियो ।
फेयर ब्रेक इन्भीटेसनल २०२२ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त महिला टि-२० क्रिकेट प्रतियोगिता हो । यो प्रतियोगिता आगामी सन २०२२ मे १ देखि मे १५ सम्म हंगकंगमा खेलिनेछ ।
६ टोली सम्मिलित प्रतियोगितामा भारतकी हर्मप्रित कौर, पाकिस्तानकि सना मिर जस्ता विश्वका चर्चित खेलाडीहरुको सहभागिता रहने छ । क्रिकेटको माध्यमबाट लैंगिक समानता र महिलालाई समाजको मुलधारमा ल्याउने उदेश्यका साथ यस प्रतियोगिताको आयोजना हुँदैछ ।