काठमाडौं । रुपन्देही-११ नेपाल प्रो-क्लब च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ ।
सिदार्थनगर क्रिकेट रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै रुपन्देही-११ फाइनलमा पुगेको हो ।
आर्मीले दिएको १ सय ४ रनको लक्ष्य रुपन्देहीले १७ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
रुपन्देहीको जितमा बसिर अहमदले ४५ रन जोडे । सन्दीप रजालीले अविजित १९ रन जोड्दा विशाल बिक्रम केसीले १३ रन बनाए । सौरभ खनाल १० रनमा अविजित रहे ।
आर्मीका बिक्रम सोबले ३ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको आर्मीले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३ रन जोडेको थियो ।
आर्मीका लागि रोहित पौडेलले ३६ रन जोडे । हरि चौहानले १७ तथा राजेश पुलामीले १३ रन बनाए ।
रुपन्देहीका रुपेश कुर्मी र बसिर अहमेदले २/२ विकेट लिए ।
अब फाइनलमा रुपन्देहीले मलेसिया-११ सँग खेल्नेछ ।
उत्तर प्रदेश क्लब-११ लाई १४ रनले हराउँदै मलेसिया फाइनल पुगिसकेको छ ।