काठमाडौं । अष्ट्रेलिया पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकमा एन्ड्रयु म्याकडोनाल्ड नियुक्त भएका छन्।
अष्ट्रेलिया क्रिकेटले एन्ड्रयुलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
एन्ड्रयुले अष्ट्रेलिया क्रिकेटसँग चार वर्षको सम्झौता गरेका छन्।
एन्ड्रयु २०१९ बाट अष्ट्रेलिया क्रिकेट टिमको प्रशिक्षक टिममा रहेर काम गरिरहेका थिए।
हालै पाकिस्तान भ्रमणमा उनी टिमका अन्तरिम प्रशिक्षक रहेका थिए ।
मुख्य प्रशिक्षक जस्टिन लान्गरले पदबाट राजीनामा दिएपछि अष्ट्रेलियाले एन्ड्रयुलाई प्रशिक्षक चयन गरेको हो।
५१ वर्षीय प्रशिक्षक जस्टिनले फेब्रुअरीमा राजीनामा दिएका हुन्।
पूर्व अलराउण्डर एन्ड्रयुले अष्ट्रेलियाका लागि ४ टेस्ट खेलेका छन्।