काठमाडौं । शेन वार्नको स्मृतिमा जारी नेपाल प्रो-क्लब च्याम्पियनसिपमा रुपन्देही-११ सेमिफाइनल प्रवेश गरेको छ ।
बुधबार समूह चरणको अन्तिम खेलमा पुश स्पोर्ट्ससँग ४ विकेटले पराजित भएपनि रुपन्देही-११ समूह उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।
सिदार्थनगर क्रिकेट रंगशालामा १ सय ४ रनको लक्ष्य पछ्याएको पुशले १८ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
उसको जितमा विशेष सरोहले अविजित २६ रन बनाए । यस्तौ म्रिगंक पाठकले १९ तथा मायाँक गुप्ता र अभिषेक अग्रवकले समान १४ रनको योगदान गरे ।
रुपन्देहीका बिक्रम भुसाल र बिशाल बिक्रम केसीले सम २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको रुपन्देहीले २० ओभरमा १ सय ३ रन बनायो । उसका बसिर अहमदले २८ तथा बिशाल बिक्रम केसीले २९ रन बनाए ।
रुपन्देहीले ३ खेलमा २ जित निकाल्दै सेमिफाइनल प्रवेश गर्यो । समान खेलमा समान नतिजा बनाएको पुश नेट रन रेटको आधारमा तेस्रो हुँदै प्रतियोगिताबाट बाहिरियो ।