मदन भण्डारी स्पोर्ट्स एकेडेमीमा जिम्मेवारी बाँडफाड

पोखरा । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको केन्द्रीय कमिटिको दोस्रो पूर्ण बैठक पोखरामा सम्पन्न भएको छ ।
बैठकले ६ वटा प्रदेशमा इन्चार्ज तथा सहइन्चार्जको जिम्मेवारी तोकेको छ । प्रदेश १ मा इन्चार्ज एकेडेमीका उपाध्यक्ष तुल्सी मैनाली र सहइन्चार्जमा उपमहासचिव मदन उप्रेती, मधेश प्रदेशमा इन्चार्ज उपाध्यक्ष शशीकुमार शर्मा र सहइन्चार्जमा सचिव अन्जना शिवाकोटी, वागमती प्रदेशमा इन्चार्ज उपाध्यक्ष जितेन्द्र श्रेष्ठ र सहइन्चार्जमा सचिव मन्दिरा श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै गण्डकी प्रदेशमा इन्चार्ज उपाध्यक्ष राजेश गुरुड. र सहइन्चार्जमा सचिवालय सदस्य कृष्ण तिमिल्सिना, लुम्बिनी प्रदेशमा इन्चार्ज सचिव सुजु मल्ल र सहइन्चार्जमा सचिवालय सदस्य महेन्द्र लिगल तथा कर्णाली प्रदेशमा इन्चार्ज उपाध्यक्ष तेजविक्रम बस्नेत र सहइन्चार्जमा सदस्य गोपालबहादुर शाही चयन भएका छन् ।
बैठकले विभिन्न खेल तथा संचालन विभाग प्रमुख समेत चयन गरेको छ । जस अन्तर्गत तालिम तथा प्रशिक्षण विभाग प्रमुखमा अध्यक्ष ध्रुब आचार्य, खेल प्रतियोगिता प्रमुखमा उपमहासचिव सुवर्ण श्रेष्ठ, प्रचार विभाग प्रमुखमा अमृता अनमोल, आर्थिक विभाग प्रमुखमा देवबहादुर कुंवर, स्वास्थ्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुखमा डा. शक्ति वस्नेत र कार्यालय सचिव विनोद आचार्य चयन भएका छन् ।
खेलतर्फ क्रिकेट विभाग प्रमुखमा शक्ति गौचन, मार्सलआर्टमा सन्जु महर्जन, एथ्लेटिक्समा इन्द्र मल्ल, भलिबलमा युवराज श्रेष्ठ, फुटबलमा सुन्दर थापा, टेबल टेनिसमा महेन्द्र लिगल, चेसमा विजय गुरुङ, शारीरिक सुगठनमा राजकुमार श्रेष्ठ, बास्केटबलमा बिंकु महर्जन प्रमुख र उपप्रमुखमा सदिना श्रेष्ठ चयन भएका छन् ।
बैठक उद्घाटन गर्दै पूर्व मन्त्री एवं नेकपा एमालेका केन्द्रीय सचिव पद्मा अर्यालले खेल मार्फत स्वास्थ्य र निरोगीताका लागि खेलकुदलाई सबै नागरिकबीच पु¥याउनुपर्ने बताइन् । संस्थाका निवर्तमान उपाध्यक्ष एवं सल्लाहकार मोहन रेग्मी, दीपक ज्ञवाली, उपाध्यक्ष राजेश गुरुङ लगायतले एकेडेमीको विस्तार र खेलकुदलाई जनस्तरसम्म लैजानुपर्नेमा सुझाब दिए ।
एकेडेमीले खेलकुदका सबै विधालाई यसवर्ष हरेक स्थानीयतहबाट प्रदेश हु“दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । यस्तै एकेडेमीको जग्गा व्यवस्थापन तथा भवन निर्माणका लागि अध्यक्ष र महासचिवको नेतृत्वमा सम्भाव्यता अध्ययन गरी प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको छ ।
बैठकले आगामी जेठ ३ गते परेको भण्डारीको स्मृति दिवसको अवसरमा देशभर रचनात्मक गतिविधि गर्ने समेत निर्णय गरेको अध्यक्ष ध्रुब आचार्यले बताए ।










-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



