खनाल क्यानको जेनेरल म्यानेजर नियुक्त
आइतबार, चैत २७, २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले वृतान्त खनाललाई जेनेरल म्यानेजर नियुक्त गरेको छ ।
क्यानले आइतबार खनाललाई जेनेरल म्यानेजर नियुक्त गरिएको जनाएको छ ।
खनालको कार्यकाल अप्रिल १६ बाट सुरु हुने क्यानले जनाएको छ ।
खनालसँग राष्ट्रिय तथा अन्तराष्ट्रिय शैक्षिक संस्थाहरुमा काम गरेको अनुभव रहेको क्यानले जनाएको छ ।
क्यानले गत फेब्रुअरीमा जेनेरल म्यानेजर पदका लागि दरखास्त आहवान गरेको थियो । जसमा ३४ जनाको आवेदन परेको थियो ।
क्यानले अन्तिम चरणमा ९ जनाको अन्तर्वार्ता लिएको थियो ।
खनाल क्यानको जेनेरल म्यानेजर नियुक्त










-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



