काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ ।
पुनेमा शनिबार मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै बैंगलोरले तेस्रो जित निकालेको हो ।
मुम्बईले दिएको १ सय ५२ रनको लक्ष्य बैंगलोरले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
बैंगलोरको जितमा अनुज रावतले ६६ रनको अर्धशतकीय इनिङ खेले । यस्तै विराट कोहलीले ४८ रन बनाए । कप्तान फाप डु प्लेसिस १६ रनमा आउट भए ।
मुम्बईका जयदेव उनाकड र डेवाल्ड ब्रेभिसले १/१ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५१ रन जोडेको थियो ।
मुम्बईका लागि सूर्यकुमार यादवले ६८ रनको अर्धशतकीय इनिङ खेले । कप्तान रोहित शर्मा र इशान किशनले समान २६/२६ रन जोड्दा जयदेव उनाकड १३ रनमा अविजित रहे ।
बैंगलोरका हर्सल पटेल र वानिन्दु हसरंगा डी सिल्भाले २/२ विकेट लिए ।
यस जितसँगै बैंगलोरले ४ खेलमा ६ अंक जोडेको छ । बैंगलोर तेस्रो स्थानमा उक्लिएको छ ।
मुम्बईको यो लगातार चौंथो हार हो ।
मुम्बईले ४ खेलमा अंक जोड्न सकेको छैन ।