काठमाडौं । साविक विजेता चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लगातार चौंथो हार व्यहोरेको छ ।
मुम्बईमा शनिबार सनराईजर्स हैदरावादसँग ८ विकेटले पराजित हुँदै चेन्नईले लगातार चौंथो हार व्यहोरेको हो ।
चेन्नईले दिएको १ सय ५५ रनको लक्ष्य हैदरावादले १७ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
हैदरावादका लागि अभिषेक शर्माले ७५ रनको अर्धशतकीय इनिङ खेले । राहुल त्रिपाठीले अविजित ३९ रन जोड्दा कप्तान केन विलियम्सनले ३२ रन बनाए ।
चेन्नईका मुकेश चौधरी र ड्वाने ब्राभोले १/१ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५४ रन जोडेको थियो ।
चेन्नईका मोइन अलीले ४८ रन जोडे । अम्बाती रायडुले २७ तथा कप्तान रविन्द्र जडेजाले २३ रन जोडे ।
हैदरावादका टि नटराजन र वासिङ्गटन सुन्दरले २/२ विकेट लिए ।
यस जितसँगै हैदरावादले पहिलो जित निकालेको छ ।
हैदरावादले ३ खेलमा २ अंक जोडेको छ ।
चेन्नई ४ खेलमा अंक विहीन रहेको छ ।