काठमाडौं । नामिबिया भ्रमणमा रहेको युगान्डाले घरेलु टोली नामिबियालाई पराजित गरेको छ । दोस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली नामिबियालाई युगान्डाले ७ विकेटले पराजित गरेको हो ।
खेलमा १ सय ७८ रनको लक्ष्य पछ्याएको पाहुना टोली युगान्डाले खेलको अन्तिम बल बाँकी रहँदा लक्ष्य पुरा गर्यो । रियाजत अलि शाह र दिनेश नक्रार्नीले १ सय १८ रनको साझेदारी गर्दै युगान्डालाई जित दिलाए ।
खराब सुरुवात गरेको युगान्डाका यी दुई खेलाडीले अर्धशारकीय इनिङ खेले । दिनेसले ३९ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ७७ रनमा अविजित रहे ।
यस्तै रियाजतले ४३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५७ रनमा अविजित रहे ।
नामिबियाका जिराड इरास्मसले २ तथा तन्गेनी लुगमेनीले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले इरास्मसको शतकीय इनिङमा १ सय ७७ रन बनायो । उनले ४७ बलमा ९ चौका र ७ छक्का प्रहर गर्दै १ सय रनमा अविजित रहे ।
नामिबियाका जेपी कोट्जेले ३९ रनको योगदान गरे । युगान्डाका रियाजतले २ विकेट हात पारे ।
जितसँगै युगान्डाले तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको छ ।
यसअघि भएको पहिलो खेलमा नामिबियाले युगान्डालाई ८ विकेटले पराजित गरेको थियो ।