काठमाडौं । पेट्रियट्स कप अन्तर कलेज क्रिकेट टी-ट्वान्टी क्रिकेट प्रतियोगिता शनिबारबाट सुरु हुने भएको छ ।
आयोजक ललितपुर पेट्रियट्सले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता शनिबार चैत २६ गतेबाट सुरु हुने जनाएको छ ।
आगामी बैशाख ३ गतेसम्म संचालन हुने प्रतियोगिता लिग कप नकआउटको आधारमा हुनेछ ।
मुलपानीस्थित राखेपको क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा बिभाजन गरिएको छ ।
समूह ‘ए’मा एफेक्स कलेज, ब्लूबर्ड कलेज, मोर्गन इन्टरनेसनल कलेज र गोल्डेन गेट कलेज रहेका छन् ।
त्यस्तै समूह ‘बी’मा हिमालयन ह्वाइट हाउस कलेज, टेक्सस इन्टरनेश्नल कलेज, एड्भान्स कलेज र ओमेगा कलेज रहेका छन् ।
दुबै समूहमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगिताको विजेता टोलीले १ लाख नगद प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले ५० हजार प्राप्त गर्नेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार पाउँदा वेस्ट बलर र वेस्ट ब्याट्सम्यानले १५ हजार पाउने छ । हरेक खेलको ‘म्यान अफ दी म्याच’ हुने खेलाडीले दुई हजार पाउने छ ।