काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग क्लब बाँसबारीले अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि प्रतिनिधि चयन गरेको छ ।
बाँसबारीले बुधबार एन्फाको आगामी निर्वाचनका लागि दुई जना प्रतिनिधि चयन गरेको हो ।
बाँसबारीले क्लबका अध्यक्ष प्रेम थापालाई मताधिकारसहितको प्रतिनिधि र महासचिव रमेशकुमार कार्कीलाई प्रतिनिधि पठाउने सर्वसम्मत निर्णय गरेको छ ।
एन्फाको निर्वाचन आगामी असारमा हुनेछ ।
एन्फाको निर्वाचन आगामी असार ६ गतेका लागि तोकिएको छ ।
यस अघि एन्फाले निर्वाचन जेठ १५ गतेको लागि तोकेको थियो । तर, फिफा र एएफसीसँगको छलफलपछि निर्वाचन असारमा सारिएको हो ।