काठमाडौं । आगामी जेठमा तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन सरेको छ ।
अब एन्फाको निर्वाचन आगामी असार ६ गते हुनेछ । यस अघि एन्फाले निर्वाचन जेठ १५ गतेको लागि तोकेको थियो ।
एन्फाका महासचिव इन्द्रमान तुलाधरले फिफा र एएफसीसँगको छलफलपछि निर्वाचन असार ६ गतेको लागि तोकिएको बताए ।
महासचिव तुलाधरले निर्वाचन सरेकोबारे कार्यसमिति, जिल्ला संघ र क्लबहरुलाई खबर गरिसकेको बताए ।
एन्फाले निर्वाचनका लागि अधिवक्ता श्रीराम दवाडीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको थियो ।
एन्फाको २० औं विशेष साधारण सभाले दवाडीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको हो ।