काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले निर्वाचन समितिसँग छलफल गरेको छ ।
एन्फाले सोमबार आगामी निर्वाचनबारे निर्वाचन समितिसँग छलफल गरेको हो ।
एन्फाको निर्वाचन आगामी जेठ १५ गते हुनेछ।
एन्फाले गत चैत १५ गते अधिवक्ता श्रीराम दवाडीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको थियो ।
एन्फाको २० औं विशेष साधारण सभाले दवाडीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको हो ।
छलफलमा संयोजक दवाडीसँगै समितिको सह-संयोजक अधिवक्ता रामचन्द्र गौतम, दामोदर भट्टराई सदस्य, अधिवक्ता सरस्वती श्रेष्ठ र अधिवक्ता प्रिती कार्की लगायत उपस्थित थिए ।
एन्फातर्फबाट अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत कार्यसमितिका पदाधिकारी उपस्थित थिए ।