काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले लुम्बिनीमा ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ को आयोजना गर्ने भएको छ ।
एनओसीले आइतबार पत्रकार सम्मेलन गर्दै चैत २३ गते बुधबार बुद्ध जन्मभूमि लुम्बिनीमा ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ हुने जनाएको छ ।
लुम्बिनीमा हुने एकदिने कार्यक्रममा वाकथलन, शान्तिका लागि दीप प्रज्वलन र प्रवचनको कार्यकम हुने ओलम्पिक कमिटीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठले जानकारी गराए ।
आगामी वर्षबाट पिस म्याराथन लगायतका कार्यक्रमहरु आयोजना गरिने समेत अध्यक्ष श्रेष्ठले बताए । अघिल्लो वर्ष कोभिडको कारण यस कार्यक्रम गर्न नसकिएको र यस पटक सेट त्यसले प्रभावित गरेको अध्यक्ष श्रेष्ठले बताए ।
लुम्बिनी प्रदेश सरकार र लुम्बिनी विकास कोषको सहयोगमा हुने कार्यक्रमको उद्घाटन मुख्य अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय कुलबहादुर केसीले गर्नेछन् ।
उद्घाटनपछि वाकथलनको कार्यक्रम रहनेछ । त्यसपछि नेपाल
ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले कार्यक्रमको महत्व र यसको सान्दर्भिकताबारे प्रकाश पार्ने छन् । यस्तै मुख्य मन्त्री केसी र लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री मानयीय
वसिउद्दिन खानले मन्तब्य दिने छन् ।
कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा भिक्षु मैत्तेयले विश्व शान्तिबारे प्रवचन दिने छन् । यसैक्रममा भिक्षुहरूले विश्वमा शान्तिका लागि प्रार्थना गर्ने र कार्यक्रमको अन्त्यमा दीप प्रज्वलन गरिनेछ ।
यस कार्यक्रमको आयोजनाले ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ लाई सार्थकता दिन अझ सहयोग पुग्ने र यस कार्यक्रमले ओलम्पिकका माध्यमबाट विश्वभरी सन्देश प्रवाह गर्ने एनओसीले विश्वास लिएको छ ।
सन् २०१३ मा संयुक्त राष्ट्रसंघले अप्रिल ६ को दिन ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड
पिस’ पारित गरेको थियो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको प्रस्तावमा संयुक्त राष्ट्र संघले यो प्रस्ताव
पारित गरेको थियो । त्यस अनुसार यो दिन विश्वमा विविध कार्यक्रम हुँदै आएको छ । नेपाल ओलम्पिक
कमिटीले सन् २०१४ देखि यो दिनलाई विविध कार्यक्रम गर्दै आइरहेको छ ।