एजेन्सी । विश्वकप फुटबल अन्तर्गत आजको दोस्रो खेलमा अहिले पोल्याण्ड र सेनेगलबीचको खेल सुरु भएको छ ।
मस्कोको स्पार्टक स्टेडियममा हुने खेलमा दुवै टोली ३ अंक जोड्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
युरोपियन राष्ट्र पोल्याण्डको यो आठौं विश्वकप हुनेछ । र, पोल्याण्ड १२ बर्षपछि विश्वकप खेल्दैछ । पोल्याण्डले पछिल्लो पटक सन् २००६ को विश्वकप खेलेको थियो । पोल्याण्डसँग युरोपियन लिगमा जमेको खेलाडीको साथ हुनेछ । मुख्यत्, पोल्याण्ड कप्तान रोबर्टो लेवान्डोस्कीको प्रेरणामा हुनेछन् ।
यता, दक्षिण अफ्रिकी राष्ट्र सेनेगल दोस्रो पटक विश्वकप खेल्दैछ । सेनेगलले पहिलो पटक सन् २००२ को विश्वकप खेलेको थियो । सेनेगलको मुख्य खेलाडी हुनेछन् - साडियो माने । युरोपियन क्लबमा जमेका साने सेनेगलको चिनिएका अनुहार हुन् ।