नेपालका पाँच युवा क्रिकेटरले भारतमा ट्रेनिङ गर्ने
शुक्रबार, फागुन २७, २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपालका पाँच युवा क्रिकेटरले भारतमा क्रिकेट ट्रेनिङ गर्ने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली पाँच युवा खेलाडीले भारतको बैंग्लोरमा ट्रेनिङ गर्न लागेका हुन् ।
ट्रेनिङ गर्न जानेहरुमा लोकेश बहादुर बम, गुल्सन कुमार झा, कुशल मल्ल, देव खनाल र आदिल आमल रहेका छन् ।
युवा खेलाडीहरुले जस्ट क्रिकेट एकेडेमीमा अभ्यास गर्नेछन् ।
खेलाडी विकास कार्यक्रम अन्तर्गत उनीहरुले दुई हप्ता उच्च प्रदर्शन क्याम्पमा रहनेछन् ।
उनीहरु शुक्रबार राती नै भारत प्रस्थान गर्नेछन् ।
#Gulshan Jha






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

