नेपाल–पाकिस्तान क्रिकेट विजेतालाई पुरस्कार वितरण
बिहिबार, फागुन २६, २०७८खेलपाटी संवाददाता

काठमाडौं । सातौं नेपाल–पाकिस्तान टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेतालाई पुरस्कार वितरण गरिएको छ ।
आयोजक पाकिस्तान राजदूताबासले बिहीबार प्रतियोगिताको विजेतालाई पुरस्कार वितरण गरेको हो ।
आर एस विडयाथ क्रिकेट क्लबले नेक्सस क्रिकेट क्लबलाई पराजित गर्दै उपाधि हात पारेको थियो ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव राम प्रसाद थपलिया, नेपालका लागि बंगलादेशी राजदूत सलाहुदिन नोमान चौधरी, नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुनाटिलाका र नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंहले पुरस्कार वितरण गरेका थिए ।
#Nepal-Pakistan Cricket






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

