सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

एक दिवसीय मान्यता जोगाउने चुनौती

शुक्रबार, फागुन २०, २०७८खेलपाटी संवाददाता
एक दिवसीय मान्यता जोगाउने चुनौती
Classic Tech Internet Ad

काठमाडौं । नेपाल क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायेकेले नेपालका लागि अबको चुनौती भनेको एकदिवसिय मान्यतालाई जोगाउनु रहेको बताएका छन् ।

श्रीलंका भ्रमणमा जानु अघि आयोजिक विदाई कार्यक्रममा बोल्दै दासानायकेले एदिवसिय मान्यता जोगाउनु नेपालका लागि अबको चुनौती रहेको जनाए । 

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टु अन्तर्गत युनाईटेड अरब इमिरेट्स (युएई) र पपुआ न्यू गिनीविरुद्धको त्रिकोणात्मक सिरिजको तयारीका लागि नेपाली टोली श्रीलंका जान लागेको हो ।

‘हामीले पछिल्लो समय धेरै टी–ट्वान्टी खेलहरु खेल्यौ । श्रीलंकामा हामीले खेल्दा खासमा एकदिवसिय खेलका लागि तयारी मुख्य उदेश्य हुनेछ । हामीलाई एकदिवसिय मान्यतालाई जोगाउनुपर्ने चुनौती छ,’ दासानायकेले बताए ।

यता कप्तान सन्दीप लामिछाने लिग टु का लागि तयारी राम्रो रहेको तथा श्रीलंकाको भ्रमणले टिमको तयारीका लागि राम्रो हुने जनाए ।  

‘प्रतियोगिताको लागि राम्रो तयारी छ । श्रीलंका जादैछौ चारवटा खेल खेल्नेछौ । तयारीका लागि राम्रो हुनेछ,’ उनले भने । 

लामिछानेले नेपाली टिम संतुलित रहेको समेत दावी गरे । 

‘सोमपाल कामी र करण केसी पनि टिममा फर्किएका छन् । विक्रम सोबको उपस्थितिले टिमलाई उर्जा प्रदान गर्नेछ । रोहित पौडेल पनि टिममा फर्किएका छन् । टिम संतुलित छ,’ सन्दीपले थपे । 

कप्तान सन्दीपले ओमानमा भएको विश्वकप छनोटमा एक दिन खराब गएको भएपनि अहिले समग्रमा टिम राम्रो बताए । 

यसैबीच काठमाडौंमा आयोजिक कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले टिमको विदाई गरे । 
नेपाली टोली शनिबार श्रीलंका प्रस्थान गर्नेछ । 

श्रीलंकामा नेपालले ४ अभ्यास खेल खेल्ने तालिका रहेको छ । 

नेपाली टोली श्रीलंकाबाटै मार्च १४ मा युएई प्रस्थान गर्ने छन् ।

नेपालले सिरिजमा युएई र पपुवा न्यू गिनी ९पीएनजी० विरुद्ध खेल्नेछ ।

सिरिजको पहिलो खेलमा नेपालले पीएनजीविरुद्ध खेल्नेछ  ।

नेपाल र पीएनजीबीचको खेल मार्च १६ मा शारजहा क्रिकेट मैदानमा हुनेछ ।

नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ ।  

नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ ।

नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ ।

लिग टु अन्तर्गत ७ टिम सहभागि रहेका छन् ।

ओमानले २३ खेलबाट ३० अंक जोडेको तालिकाको शीर्ष स्थानमा रहेको छ ।

नेपाली टिम :

सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल,आरिफ शेख, आसिफ शेख, कमल सिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, बिक्रम सोब,भिम शार्की  

अफिसियल :

कैलाश विष्ट  - म्यानेजर 

पुबुदु दशानायाके - मुख्य प्रशिक्षक 

प्रकाश शर्मा - सहायक प्रशिक्षक 

बिक्रम न्यौपाने - फिजियो 

रमण शिवाकोटी - एनालिस्ट 

 राज शर्मा - ट्रेनर

Bajaj Pulsar Motorcycle Ad
#Nepal national cricket team

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

युएईसँग पनि नेपाल पराजित

युएईसँग पनि नेपाल पराजित

अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी

अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी

नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार

Bajaj Pulsar Motorcycle Ad
संकटमा नेपोली

संकटमा नेपोली

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

रियलको चलेन हतियार

रियलको चलेन हतियार

रियलसँग अंक घटाउँदै बार्सिलोना

रियलसँग अंक घटाउँदै बार्सिलोना

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक