काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिजले विजयी सुरुआत गरेको छ ।
न्यूजिल्यान्डको माउन्ट माउन्गानुईमा भएको उदघाटन खेलमा आयोजक न्यूजिल्यान्डलाई ३ रनले पराजित गर्दै वेस्ट इन्डिजले विजयी सुरुआत गरेको हो ।
वेस्ट इन्डिजले दिएको २ सय ६० रनको लक्ष्य पछ्याउने क्रममा न्यूजिल्यान्ड निर्धारित ५० ओभरको अन्तिम बल बाकी रहदा २ सय ५६ रनमा अलआउट भयो ।
न्यूजिल्यान्डका लागि कप्तान सोफी डेभिनले १ सय ८ रनको शतकीय इनिङ्स खेलेपनि जितका लागि पर्याप्त भएन ।
केट मार्टिनले ४४ रन जोडिन् ।
वेस्ट इन्डिजका लागि हेयली म्याथ्यूज, अनिसा मोहम्मद र डियन्द्र डोटिनले समान दुई–दुई विकेट हात पारे ।
चिनेली हेनरी र सकेरा सेलमनले एक–एक विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५९ रन जोड्यो ।
वेस्ट इन्डिजका लागि हेयली म्याथ्यूजले १ सय १९ रनको शतकीय इनिङ्स खेलिन् ।
न्यूजिल्यान्डका लागि ली टाहुहुले सर्वाधिक ३ विकेट हात पारिन् ।
जेस केरले २ तथा हनाह रोवी र अमेलिया केरले एक–एक विकेट लिए ।