एजेन्सी । विश्वकप फुटबल अन्तर्गत कोलम्बिया र जापानबिचको खेलको पहिलो हाफ १ - १ गोलको बराबरीमा सकिएको छ ।
पहिलो हाफको छैटौं मिनेटमा १ - ० ले पछि परेको कोलम्बियाले ३९ औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेको हो । कोलम्बियाका जुआन कुडार्डोले फ्रिकिकमा गोल गर्दै खेल १ -१ को बराबरीमा ल्याएका छन् ।
यसअघि खेलको छैटौं मिनेटमा सिन्जी कागवाले पेनाल्टीमा गोल गरेका थिए । कोलम्बियाका कार्लोस सान्चेजले हातले बल रोकेपछि जापानलाई पेनाल्टी दिएको हो ।
रेफ्रीले सान्चेजलाई रातो कार्ड देखाएका छन् । र, कोलम्बिया १० खेलाडीमा सिमित भएको छ ।